Logo
१५ चैत्र २०८०, बिहीबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने देखाउन खोजीयो : शशी श्रेष्ठ

नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले ‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको आरोप लगाएकी छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको श्रष्ठले बताएकी हुन् ।

‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ?’

हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको भन्दै उनले यस्तो अवस्थामा पनि ती विधेयक संसदमा पेश नगरेको बताइन् ।

सांसद श्रेष्ठले संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने बताइन् ।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्