Logo
८ बैशाख २०८१, शनिबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव माओवादीले फिर्ता लिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो ।

आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको बैठक बस्दै छ । अविश्वासको प्रस्ताव पास नहुने अवस्था आएपछि माओवादी केन्द्रले बैठकबाट नै फिर्ता लिने भएको हो ।

तर सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुरानै अवस्थामा फर्काइदिएपछि चैत १७ गते माधव नेपाल समूहले प्रस्ताव फिर्ता लिएको थियो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार सोमबार बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता हुनेछ ।

गत पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएपछि माघ ७ गते सातौं हिउँदे अधिवेशन आह्वान गरिएको थियो । तर सत्तापक्षीय दलभित्रको विवादका कारण बैठक बस्न सकेको थिएन । सोमबारको बैठक सहज रुपमा बस्ने छ ।

गत पुस १२ गते तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।९३ जना सदस्य रहेको प्रदेशसभामा एमालेका ५१ सांसद छन् ।

कांग्रेस माओवादी र साना दल एक ठाउँ उभिंदा प्रदेशमा ४२ मात्रै सदस्य छन् । प्रदेशसभामा सरकार निर्माणका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्