Logo
११ बैशाख २०८१, मंगलबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी छोडेर प्रदेश १ सरकारको मन्त्री बनेका आङ्बुहाङको खोसियो सांसद पद

प्रदेश नं. १ आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बहाङको सांसद पद खोसिएको छ । नेकपा माओवादी पार्टीले पदमुक्त गरेपछि मन्त्री बनेको दश दिनपछि उनको सांसद पद खोसिएको हो ।

नेकपा माओवादी केन्द्रका सभासद आङ्बुहाङ गत चैत १३ गते प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।
पार्टीले सांसद पद छाडेर मन्त्री बनेपछि उनलाई कारवाही गरेको जनाइएको छ ।

माओवादी केन्द्र त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो।

पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले नेकपा माओवादी केन्द्र १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका छन् ।  साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्