Logo
१५ चैत्र २०८०, बिहीबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली सरकार : आज एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा दिदैँ

कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजिनामा दिदैँछन् । एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले सामुहिक राजीनामा दिन लागेको स्रोतले बताएको छ।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सोमबार राजीनामा दिन लागेका हुन् ।

पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले आजै तीन जनाले राजीनामा दिन लागेका हुन् ।आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।

यो प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही छन् । यसअघि गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेश सभामा जम्मा ६० सांसद् रहेका छन् । जसमा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् ।

 

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्