Logo
३ बैशाख २०७८, शुक्रबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतका २० लाख कामदारको पारिश्रमिक वृद्धि

बेलायतमा २० लाख कामदारको पारिश्रमिक वृद्धि हुने भएको छ । कामदारको  न्युनतम पारिश्रमिक २.२ प्रतिशतले वृद्धि भएसँगै फुल टाइम काम गर्नेहरुको वार्षिक ३४५ पाउन्ड बराबर हुने नेस्नल लिभिङ वेजले बताएको छ ।

अप्रिल १ देखि न्युनतम पारिश्रमिक वृद्धि लागू हुने भनिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले यो बेलायतभरिका परिवारका लागि स्वागतमय आर्थिक बढावा भएको बताएका छन् ।

यो नीति २३ र २४ वर्षीयाहरुमा पनि पहिलोपटक लागू हुने भएको छ । यसअघि २५ को उमेर माथिकामा मात्र यो लागू हुने गर्दथ्यो । त्यस्तै १८ देखि २२ बीचको उमेरकाहरु र साथै सिकारु कामदारहरुको आयमा पनि वृद्धि हुने बताइएको छ ।

वृद्धि भएसँगै २३ वर्ष माथिका कामदारले प्रति घण्टाको ८.९१ पाउन्ड पाउनेछन् । २१-२२ का कामदारको पनि न्युनतम पारिश्रमिक वृद्धि भइ ८.३६ पाउन्ड पुगेको छ ।

१८ देखि २० वर्षकाहरुले अब न्युनतम प्रति घण्टा ६.५६ पाउन्ड प्राप्त गनेर्छन् । १८ मुनिकाहरुले पनि ४.६२ पाउन्ड पाउनेछन् र सिकारुका लागि पनि ४.३० पाउन्ड न्युनतम हुनुपर्ने हुन्छ ।

फेब्रुअरीमा मात्र देशभरका ८ लाख बढी कम आयदर भएका कामदारहरु बिदामा रहेको तथ्यांकले देखाएको थियो । सरकारले अप्रिल १ देखि काममा फर्किएका त्यस्ता कामदारले नयाँ पारिश्रमिक वृद्धि प्राप्त गर्न सक्ने बताएको छ ।

प्रकाशित मिति: Apr 5, 2021

प्रतिक्रिया दिनुहोस्