Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोईला गएकी श्रीमती डेढ महिनापछि घर फर्किएपछि …!

अहिले सामाजिक सञ्जाल मानिसको मनोरञ्जन देखि पिडा पोख्ने माध्यम बनिरहेको छ । पछिल्लो समयमा सामाजिक सञ्जालको धेरै आलोचना आइरहेको छ ।

सामाजिक सञ्जालको कारण समाजमा विकृति आएको समाजका बुढापाकाले आरोप लगाउँदै आएका छन् । साथै सामाजिक सञ्जाले गर्दा नै धेरैको घरपरिवार विग्रेको समाजका अगुवाले भन्दै आएका छन् ।

तर पनि अहिले सामाजिक सञ्जालमा श्रीमान श्रीमतीको विवाद भाइरल हुन थालेका छन् । परिवारको विवादलाई युट्युवर बोलाउँदै सार्वजनिक गर्दा धेरैलाई अप्ठेरो परेको छ ।

यहाँ पनि यस्तै भिडियो सार्वजनिक गरिएको छ ।वुटवलका गीता गाहा र मनोज गाहाबीचको विवाद युट्युव मार्फत सार्वजनिक गरिएको हो । जहाँ श्रीमान श्रीमतीको विवाद देख्न सकिन्छ ।

मनोजले आफ्नो श्रीमती अर्कै युवकसंग हिडेको आरोप लगाएका छन् भने श्रीमानले अनावश्यक आरोप लगाएर आफ्नो वेइज्जत गरेको भन्दै दुख पोखेकी छन् ।

गीता गाहा करिब डेढ महिना देखि श्रीमानको सम्पर्कमा थिइनन् । उनी सम्पर्कमा नभएपछि मेरो श्रीमती खोजीदिनु भन्दै उनले युट्युवर बोलाएका थिए । उनले घटनाका बारेमा सार्वजनिक गरेपछि श्रीमती सम्पर्कमा आएको बताएका छन् ।

उनले श्रीमतीलाई केही भयो की भन्ने शंका निवारण भएको भन्दै खुसी लागेको भएपनि श्रीमती अरुसंगै गएको थाहा पाए पछि दुख लागेको बताएका छन् ।

उनले श्रीमान लागेको महिलालाई आफुले सम्झाउन समेत खोजेको बताइन् । उनले युवतीसंग आफुले भिडियो समेत फेला पारेको बताएकी छन् । आफुले धेरै पटक सम्झाउँदा पनि तपाईको छोराले मानेनन् भनेर सासुलाई पनि भनेको बताएकी छन् । त्यती बेला सासुले किन त्यसै छोडिस् प्रहरी कार्यालय लैजानु पर्ने थियो भनेर भनेको बताएकी छन् ।

श्रीमानले अर्को युवकसंग गएको हो भन्ने कुरा प्रमाणीत गर्न उनले श्रीमानलाई चेतावनी दिएकी छन् । उनले उल्टै श्रीमानलाई भिडियोमै प्रमाण सहित फेला पारेपछि आफु घरवाट हिडेको बताएकी छन् ।

उनीहरुले एक अर्कालाई आरोप लगाएका छन् । उनले घरको झ्याल समेत फोरेको पनि दावी गरेकी छन् । उनले अर्को महिलाका लागि आफ्नो श्रीमतीलाई हेला गरेपछि घर छोड्न वाध्य भएको बताएकी छन् । the updateslink

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्