Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएका छन् । उनले यो जानकारी आफ्नो ट्वीटमार्फत दिएका हुन् ।

उनले आफूले सबै नियमको पालना गर्दै आफूलाई आइसोलेट गरेको बताएका छन् । साथै आफू अहिले होम क्वारेन्टिनमा रही आवश्यक औषधी लिइरहेको बताएका छन् ।

उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन अनुरोध गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु । पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

 

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्