Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लाको तिलामा आगलागी हुदाँ ३५ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर !

कर्णाली प्रदेश स्थित जुम्लाको तिला गाउँपालिका-९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् ।

७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन् । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने, ‘आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।’

यसअघि तिला-७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएका थिए । त्यस्तैगरी बाँकेको नरैनापुरमा आगलागी भई १२० घर जलेर नष्ट भएका छन् भने आगो निभाउने क्रममा चार जना घाइते भएका छन् ।

नरैनापुर गाउँपालिका वडा नं. ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्