Logo
१२ बैशाख २०८१, बुधबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटमा यातायात मजदुरबीच झडप हुदाँ १ जनाको मृत्यु, २ घाइते

कर्णाली प्रदेश स्थित जाजरकोटमा यातायात मजदुरबीच झडप हुदाँ जनाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका-२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका-४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडपका क्रममा नलगाड-४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् ।घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्