Logo
१३ बैशाख २०८१, बिहीबार
(April 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री दीया मिर्जा आमा बन्दै

बलिउड अभिनेत्री दीया मिर्जा फेब्रुअरीमा विवाह भएको थियो । उनले फेब्रुअरीमा बिजनेस म्यान वैभव रेखीसँग दोश्रो विवाह गरेकी थिइन् ।

अहिले विवाह भएको डेढमहिलनामै दर्शकलाई सरप्राइज दिएकी छन् ।  दिया मिर्जा आमा बन्दैछिन् । उनले यो खबर स्वयं सोसल मिडिया मार्फत् दिएकी हुन् ।

जसमा लेखिएको छ ‘धर्तीको जस्तै आमा हुने आशिर्वाद मिलेको छ, एक जीवनको साथमा जो सबै कहानी र हरेक कुराको शुरुवात हो। लोरी, गीत, नयाँ रुख र फूल फूल्ने समय हो यो । मेरो गर्भमा सबै सपना भन्दा शुद्ध सपना देख्ने आशीर्वाद मिल्यो’ ।

केहि समय पहिला उनका माल्दिभ्स हनीमूनका फोटोहरु सोसल मिडियामा भाइरल बनेका थिए । जसमा उनी स्टेप डटरसँग देखिएकी थिइन् । दीयाले सनसेट हेरिरहेको एक फोटो शेयर गरेकी थिइन् ।

दीयाले वर्ष २००० मा मिस इण्डिया एशिया प्यासिफिकको ताज जितिन् । फेरि उनले करियरको शुरुवात फिल्म रहना है तेरे दिल में बाट गरेकी थिइन् ।

उनी आफ्नो अभिनयका कारण फ्यानको मनमा बस्न सफल भइन् । उनलाई पछिल्लो समय तापसी पन्नुसँग फिल्म थप्पडमा देखिएको थियो । अहिले उनी तेलेगु फिल्म वाइल्ड डगको शूटिङ गरिरहेकी छन् ।

प्रकाशित मिति: Apr 2, 2021

प्रतिक्रिया दिनुहोस्