Logo
१२ बैशाख २०८१, बुधबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज, चैत २७ गते हलमा प्रदर्शन हुने

चलचित्र ‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक गरेको छ । उक्त चलचित्र यहि चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको छ ।

हिजो (बुधबार) प्रदर्शन मिति घोषणा गर्दै उक्त चलचित्रको निर्माण टिमले आज चलचित्रको ट्रेलर रिलिज गरेको हो । साथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको सो चलचित्रलाई निर्देशक राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको चलचित्रमा बसन्त बर्मा, राज सिंह र पम्फा बर्माको लगानी रहेको छ । त्यस्तै, चलचित्रको सह-निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा रहेका छन् ।

चलचित्रमा प्रदीप खड्काको द्वन्द्व निर्देशन र प्रवल प्रधानको सम्पादन रहेको छ ।चलचित्रमा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस्