Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पादक केएम महासंघ केन्द्रिय सदस्यका उम्मेदवार

नागरिक टाइम्सका सम्पादक बिरेन्द्र केएम नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनको लागि केन्द्रिय सदस्यमा उम्मेदवार बनेका छन् ।

खासगरी राष्ट्रवादी छविमा प्रस्तूत हुने सम्पादक केएम भारतीय टेलिभिजन न्यूज मिडिया नेटर्वक एबिपि न्यूजका नेपाल प्रमुख पनि हुन् ।

सुनसरी स्थित ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिबाट २०५८ सालदेखि पत्रकारिता थालेका केएम काठमाण्डौ स्थित आरआर क्लेजका पत्रकारिताका विद्यार्थी पनि हुन् ।

केएम देशभरकै मतदाताहरुबाट निर्वाचित हुने पद केन्द्रिय सदस्य (मधेशी) मा उम्मेदवारी दिएका छन् । उनी हाल पत्रकार महासंघ उपत्यका प्रदेशका कार्यसमिति सदस्य पनि हुन् ।

पत्रकार केएमलाई महासंघको दुवै चुनावी गठबन्धले साथ दिएको देखिन्छ । उनी लोकप्रिय अनुहार भएका सहजै रुपले जित्न सक्ने देखिएको छ ।

केन्द्रिय सदस्य पदमा मतदाताले खासै लाइन/गुट हेर्दैनन्, ब्यक्तिगत छवि लोकप्रियता आदिका अधारमा चुनाव जित्ने/हार्ने गरिएको अहिलेसम्म देखिएको छ ।

पछिल्लोपटक उनी भारतीय मिडियामा राष्ट्रवादी छविका साथ नेपालको पक्षमा उभिएपछि उनको निकै लोकप्रियता बढेको हो । उम्मेदवारीपछि उनले फेसबुक मार्फत मत पनि मागेका छन् ।

साथै आयोजित बिभिन्न कार्यक्रमहरुमा पुगेर पनि उनले मत माग्दै आएका छन् । उनको घर सुनसरी भएपनि पछिल्लो लामो समयदेखि उनी राजधानी काठमाण्डौ केन्द्रित पत्रकारिता गर्दै आएका छन् ।

खासगरी कुटनैतिक पत्रकारिता निकै अब्बल पत्रकार मानिने केएम मेधशी मुद्दा नयाँ खुलासा गर्ने पत्रकारका रुपमा पनि चिनिन्छन् ।

पछिल्लो समय उनी रिसर्च सेण्टरका समेत संचालक हुन् भने राजधानी काठमाण्डौबाटै पछिल्लो ३ वर्षदेखि उनको नेतृत्वमा नागरिक टाइम्स संचालनमा रहेको छ ।

उनले फेसबुक मार्फत भनेका छन् : 

१९ वर्षे पत्रकारिता यात्रामा महासंघ आवद्ध भएको १५ वर्ष बितेको छ तर यसअघी मलाई कहिँले पनि महासंघको राजनीति गर्न ईच्छा भएन । आफ्नो सक्षमता-लगनशीलता र संघर्षको बलमा स्थानीयदेखि अन्तराष्ट्रिय मिडियासम्ममा उत्कृष्ट रूपमा स्थापित पत्रकार हूँ । चाप्लुसी, दलाली गर्न आउँदैन, विशुद्ध पत्रकारिता गर्छु ।।
सुनसरीबाट महासंघको सदस्यता लिई केही वर्षपछि सरुवा गरेर ललितपुर शाखामा हुँदासम्म प्रत्येक वर्ष १०/१० जना अग्रजहरुलाई नविकरण वापत आर्थिक सहयोग समेत गर्दै आएको पत्रकार पनि हूँ, यद्यपि आफै नेता बन्ने खासै जाँगर चलेन, अहिले मेरो सदस्यता काठमाडौं शाखामा रहेको छ किनकि मेरो पत्रकारकारिता कर्म काठमाडौंबाटै हुने गरेको छ ।
साथीहरूले सर्वसम्मतबाट गत अधिवेशनमा मलाई उपत्यका प्रदेश समितीमा राखिदिएका थिए, त्यसपछि बल्ल महासंघ राजनीतिमा अलि-अलि इण्टेष्ट बढ्दै गयो र यसपाली मज्जैले उम्मेदवारी दिने निधो गरें, केन्द्रिय सचिबको तयारी थियो तर अग्रज र संगठनका नेतृहरुको आग्रहका कारण सचिब पदमा उम्मेदवारी नदिई केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको हूँ।
क्षमतामा कुनै कमी छ भन्ने होइन, क्षमता त अध्यक्ष/महासचिव नै चलाउने छ, तर आफ्नो समय अभाव आदिका कारण मैले सदस्यमा उम्मेदवारी दिएको हूँ । मेरा प्रतिस्पर्धी रहेका अन्य साथीहरूलाई पनि अग्रिम शुभकामना, कतिपयले ईर्सियाभावले पनि मेरो प्रतिस्पर्धामा उम्मेदवारी दिएका/दिलाएका छन् तर चुन्ने अधिकार त मात्र मतदातालाई छ नी होइन र ?, मात्र एउटा भूगोलको होइन देशभरकै सबै मतदाताले यो पद चुन्ने हो ।।
अर्थात मधेशी मध्येमै को उत्कृष्ट मधेशी पत्रकार ? मतदाताले यसरी चुन्नु पर्नेछ । त्यहाँ रहेका मधेशी अनुहारहरु मध्ये महासंघमा को उपयुक्त हुन्छन् ? बिरेन्द्र केएम की अरु कोहि उम्मेदवार ? देशभरका मतदाता पत्रकारले त्यसअनुसार मतदान गर्नेछन् ।
अन्तमा, नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवसरमा सम्पुर्ण पत्रकारहरुमा हार्दिक शुभकामना ।
साथै एकथान स्ट्याटस शुद्ध लेख्न धाैधाै पर्ने अवस्थामा रहेका तर नेता भइरहन अनेक हर्कत र पेशा गरेर महासंघकाे सदस्यता बाेक्ने र आफूअनुकुल टिकट लिनेदिने अन्य सबै पत्रकारहरुमा पनि शुभकामना ।।
नमस्कार, अभिवादन
जय समावेशीता, जय ब्यवसायिक पत्रकारिता, जय प्रेस स्वतन्त्रता, जय नेपाल

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्