Logo
८ बैशाख २०८१, शनिबार
(March 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीबाट बेपत्ता भएका ७ बालिका र युवती सीतामढीको रेल्वे स्टेसनमा

प्रदेश २ स्थित महोत्तरीको भंगहा–८ धरमपुरमा घाँस काट्न गएका ७ जना बालिका तथा युवती भारत बिहारको सीतामढीमा फेला परेका छन् ।

उनीहरु सीतामढीबाट घर ल्याउन लागिएको भंगहाका मेयर संजिव साहले बताए । अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश अाचार्य, मेयर साह सहितको टोलि धर्मपुर बस्ती पुगेका छन् ।

‘उनीहरू भारत बिहारको सीतामढीमा फेला परेका छन् । घर ल्याउन लागिएको छ ‘ मेयर साहले भने टुडेपाटीसंग भने ।

स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान दिउँसो घाँस काट्न गएको बेलादेखि बेपत्ता भएकी थिइन् ।

अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।

प्रकाशित मिति: Mar 31, 2021

प्रतिक्रिया दिनुहोस्