Logo
७ बैशाख २०८१, शुक्रबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयद्वारा रुपन्देहीका सिडिओ र एसपीको सरुवा

राजनीतिक दबाबका कारण गृह मन्त्रालयले रुपन्देहीका सिडिओ र दुबै प्रहरीका एसपीको सरुवा एक साथ गरेको छ ।

गृह मन्त्रालयले सोमबार अकस्मात प्रजिअ पिताम्बर घिमिरेको सरुवालगत्तै प्रहरी मुख्यालय र सशस्त्र प्रहरी मुख्यालयले पनि प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाएको छ।

गृहका प्रशासन विभागले प्रमुख जिल्ला अधिकारी साटफेर भएको पुष्टि गर्‍यो।मन्त्रालयले पर्साका सिडिओ अस्मान तामाङलाई रुपन्देही पठाएको छ।

प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा मुख्यालयबाट मनोज केसी पठाइएका छन् भने सशस्त्र प्रहरीले राजेश उप्रेतीलाई पठाएको छ।

यसैगरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले पनि एसपी परिवर्तन गरिएको पुष्टि गरेको छ।

गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल स्थानीयको विरोधपछि दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर भागेका थिए ।

घटनाको पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै सिडिओ र एसपीको सरुवा गरिएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री पौडेलकै जोडबलमा रुपन्देहीको सिडिओ बन्न पुगेका घिमिरेले स्थानीयको आक्रोसको पूर्वानुमान गर्न नसकेपछि आखिर उनकै कारण कारवाही स्वरुप साँटफेर हुनु परेको सिंहदरवार स्रोतको भनाई छ ।

रुपन्देही सुरक्षाका हिसाबले चुनौतीपूर्ण जिल्लाको रूपमा चिनिन्छ। प्रमुख जिल्ला अधिकारी घिमिरे र एसपी पोखरेल त्यहाँ गएको आठ महिनामात्रै भएको थियो।

पोखरेल अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृत मानिन्छन्।कर्मचारी वृत्तमा गल्ति गरे या कसैलाई मन नपरेको अवस्थामा सबैभन्दा सजिलो कारवाही सरुवा हो ।

कर्मचारीको सरुवा कारवाही नभई नियमित प्रक्रिया भएपनि उच्च पदस्थहरुले यसैलाई कारवाही ठानी दिँदा सरुवा एउटा बिकृतीकै रुपमा मौलाउँदै आएको छ ।

 

 

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्