Logo
६ बैशाख २०८१, बिहीबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व कप्तान विराज महर्जनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

विराजले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।  नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए ।

उनले १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले उनलाई हिजो सोमबार मायाको चिनो दिएका छन् ।

प्रकाशित मिति: Mar 30, 2021

प्रतिक्रिया दिनुहोस्