Logo
११ बैशाख २०८१, मंगलबार
(March 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्यानोरमिक सनरुफको साथमा नयाँ सेल्टोस लन्च हुँदै

प्यानोरमिक सनरुफको साथमा नयाँ सेल्टोस लन्च हुँदै छ । दक्षिण कोरियाको अटोमोबाइल कम्पनी कियाले कम्प्याक्ट मिड साइज एसयूभी सेगमेनन्मा बढ्दा प्रतिस्पर्धालाई ध्यानमा राखेर किया सेल्टोस कारमा केही अपडेट गर्ने योजना बनाइरहेको छ ।

भारतीय बजारमा कम्प्याक्ट मिड साइज एसयूभी सेगमेन्टमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राखेर सो कार केही अपडेट गर्ने योजना बनाइरहेको छ ।जून २०२० मा सो एसयूभी पहिलो पटक नयाँ अपडेट र नयाँ फिचरको साथमा पेश गरिएको थियो ।

रिपोर्टका अनुसार २०२१ सेल्टोस नयाँ अपडेटको साथमा नयाँ लोगो पेश गर्नेछ । कम्पनीले २०२१ किया सेल्टोसमा एक प्यानोरमिक सनरुफ समावेश गर्ने सम्भावना रहेको छ ।

कियाले पहिलो कार किया सेल्टोसको साथमा भारत प्रवेश गरेको थियो । नेपालमा पनि केही समय पछि यो कार उपलब्ध भइसकेको छ । किया सेल्टोस भारतमा जुलाई २०१९ मा लन्च गरिएको थियो ।

कम्पनीले २७ अप्रिल २०२१ मा एउटा घोषणा गर्ने भएको छ । यद्यपि सो घोषणाको बारेमा केही जानकारी दिइएको छैन ।नयाँ प्यानोरमिक सनरुफ कार स्ट्यान्डर्ड पावर युनिटलाई रिप्लेस गर्ने सम्भावना रहेको छ । यद्यपि सो फिचर हाई ट्रिममा समावेश गरिनेछ ।

हाल सेल्टोसको एचटीएक्स प्लस र जीटीके प्लस भेरिएन्टमा सनरुफ उपलब्ध रहेको छ । बजारमा सेल्टोस हुन्डाई क्रेटा, एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा रहेको छ ।

न्यू जेनेरेशन महिन्द्रा एक्सयूभी ५०० एसयूभीमा पनि प्यारोनमिक सनरुफ फिचर रहेको छ ।साधारणतया स्ट्यान्डर्ड सनरुफ कम्प्याक्ट हुने गर्छ र फ्रन्ट सिटलाई माथि राख्ने गर्छ । साथै प्यारोनमिक सनरुफ कारको छतको लगभग पुरा लम्बाईसम्म हुन्छ । प्यारोनमिक सनरुफमा कारको फ्रन्ट र रियर दुबै सिट कभर हुन्छ । किया सेल्टोसमा प्यारोनमिक सनरुफ बाहेक अन्य केही परिवर्तन गरिने छैन ।

किया सेल्टोस बीएस६ पेट्रोल र डिजेल इन्जिनमा उपलब्ध रहेको छ । १.५ लिटर पेट्रोल इन्जिनले ११५ बीएचपीको पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ ।

सो इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी अटोमेटिक गियरबक्स समावेश रहेको छ । १.४ लिटर डायरेक्ट इन्जेक्शन टर्बो पेट्रोल इन्जिनले १४० बीएचपीको पावर र २४२ एनएमको टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पिड म्यानुअल गियरबक्स वा ७ स्पिड ड्युल क्लच अटोमेटिक ट्रान्समिशनको विकल्प रहेको छ ।किया सेल्टोसको डिजेल मोडलमा १.५ लिटर इन्जिन उपलब्ध रहेको छ ।

सो इन्जिनले ११५ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक गियरबक्सको साथमा उपलब्ध रहेको छ ।

सेल्टोसमा ३ ड्राइभ मोड नर्मल, इको र स्पोर्ट मोड रहेको छ । यसमा ३ टेरेन मोडल वेट, मड र सैन्ड पनि उपलब्ध रहेको छ ।नेपाल अटो

 

प्रकाशित मिति: Mar 29, 2021

प्रतिक्रिया दिनुहोस्