Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, उषाकला र आङबोहाङले आज सपथग्रहण गदैँ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने गरेका छन् । नयाँ मन्त्रीहरुको शुक्रबार अपरान्ह १ बजे सपथग्रहण राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाकार ध्रुव सुवेदीले जानकारी दिए ।

पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने निश्चित छ । माधव नेपाल समूह छाडेर आएकी सांसद उषाकला राई सामाजिक विकास मन्त्री हुने बताइएको छ ।

राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्रीको जिम्मेवारी दिने तयारी छ । उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । ज्ञानेश्वर राजवंशीलाई पनि राज्यमन्त्री बनाउने तयारी छ ।

प्रकाशित मिति: Mar 26, 2021

प्रतिक्रिया दिनुहोस्