Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

कर्णाली प्रदेश स्थित रुकुम पुर्वमा दुई जना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

दुईजना किशोरीलाई २३ वर्षीय युवकको कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ ।

१४ र १५ वर्षका दुई जना किशोरीलाई कोठामा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ बर्षका युवक प्रक्राउ परेका हुन् ।

१ गते घरबाट हराएका ती किशोरीहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबारमात्रै प्रहरीमा आफन्तको निवेदन परेको र लगत्तै खोजलतास गर्दा रुकुमकोटबाट उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरीले बताएको छ ।

चैत १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै किशोरीहरुमाथि करणी हुँदै आएको अनुसन्धानबाट खुल्न आएको डीएसपी गणेशबहादुर श्रेष्ठले बताए ।

पक्राउ परेका दुई जनामाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।किशोरीहरुको स्वास्थ्य परीक्षण गरी प्रहरीको संरक्षणमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र छिटै आफन्तको जिम्मा लगाउने डीएसपी श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: Mar 24, 2021

प्रतिक्रिया दिनुहोस्