Logo
१३ बैशाख २०८१, बिहीबार
(March 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको विमान आइतबार बेयजिङ जादैँ

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने भएको छ ।

कोभिड-१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने भएको हो ।

बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाण्डौ फर्किने नेपाल एयरलाइन्सका एक अधिकारीले जानकार दिएका छन् ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

यो निर्णय अनुसार आठ लाख डोज कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन नेपाल एयरलाइन्सको विमान बेइजिङ जान लागेको हो ।

प्रकाशित मिति: Mar 24, 2021

प्रतिक्रिया दिनुहोस्