Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेह नगरपालिकामा सर्वसाधारणमाथी मेयर र वडाध्यक्षले कुटपिट गरेको आरोप

प्रदेश नं २ स्थित धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास र वडाध्यक्ष जुमराती नदाफलेले सडक निर्माणको क्रममा सर्वसाधारणमाथि कुटपिटको आरोप लागेको छ ।

विदेह नगरपालिका ९ स्थित बैदेही टोलका जितेन्द्र कुमार पाण्डेले एकलौटी रुपमा जग्गा अतिक्रमण गरि घर भत्काइदिएर सडक विस्तार गरिरहेकोबेला रोक्न खोज्दा आफुमाथि मेयर दास र वडाध्यक्ष नदाफले कुटपिट गरेको आरोप लगाएका हुन् ।

राजनैतिक प्रतिशोध साध्न मेयर दास र वडाध्यक्ष नदाफले रक्सी व्यवसायी झगरु चौधरीको जग्गा बचाएर करिब २० फिट जग्गा अतिक्रमण गरेको पाण्डेको दावी छ ।

मेयर र वडाध्यक्षले गरेको अन्याय असहनीय रहेको भन्दै उनले न्यायकालागि हारगुहार गरेका छन् ।सो जग्ग विवाद अदालतमा विचारधीन अवस्थामा रहेपनि अदालतको आदेश आउनुपुर्व नै आफ्नो जग्गा अतिक्रमण गरेको पाण्डेले बताए ।

प्रहरी प्रशासनसँगै मुख बाँधेर बाहिरबाट आएका व्यक्तिहरुले समेत आफुमाथि हातपात गरेको र बचाउन खोज्दा नातामा पर्ने अर्का भाई सर्वनरायण पाण्डेमाथि समेत उनीहरु जाइलागेको उनको आरोप छ ।

तर पाण्डेमाथि आफु सहित कुनै व्यक्तिले कुटपिट नगरेको मेयर दासले दावी गरे । परिक्रमा सडक निर्माणमा अवरोध गर्दा प्रहरीले उनलाई एकछिन समातेर राखेको उनले जनाए ।

अदालतले रोक्का पत्र नपठाएकाले विवादित भनिएको सो सडक विस्तार गरिएको उनले बताए ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्