Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र जसपाको महन्थ ठाकुर पक्षबीच छलफललाई निरन्तरता दिने सहमती

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबीच आज भएको बार्तालाई निरन्तरता दिने सहमती भएको छ ।

बैठकमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्वाङले थप छलफल गरेर अगाडि बढ्ने सहमति भएको बताए।नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि मन्त्रीहरू फिर्ता गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउने पहल गरिरहेका छन्। जनता समाजवादी पार्टी र एमाले मिल्दा संसदमा बहुमत पुग्ने अवस्था छ।

जनता समाजवादी पार्टीलाई सरकारमा सामेल हुन प्रस्ताव गरिएको र नगरिएको विषयमा नेम्वाङले खुलाएनन्।जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने बैठकमा सहभागी भएको थिएन।

‘संविधान संशोधन, मधेश आन्दोलनका बेला विभिन्न व्यक्ति उपर लागेको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकताको विषयमा समेत छलफल भएको छु, नेम्वाङले भने, ‘संसद बैठकमा जानुपर्ने भएकाले आज छलफल रोकियो, ‘हामी पुन: छलफल गर्छौं।’

‘महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो’, नेम्वाङले भने, ‘उपेन्द्र यादवहरूले पठाएरै छलफल भएको होला।’

‘प्रधानमन्त्रीले संसद फेस गर्छु भन्नु भएको छ नि’, नेम्वाङले भने, ‘अब संसदमै सबै प्रक्रिया अगाडि बढ्ला।’

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्