Logo
११ बैशाख २०८१, मंगलबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाल्नाखेलमा भेटिएका दुई शवको खुल्यो पहिचान, १० कक्षामा पढ्ने विद्यार्थी भएको पुष्टि

बामती प्रदेश स्थित काठमाडौंको दक्षिणकालीको चाल्नाखेलमा भेटिएका दुई शवको पहिचान खुलेको छ ।

मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो । दक्षिणकाली नगरपालिका-१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको हो ।

नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।

नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए ।’दुवैजना बाङ्गेमूढामा बस्थे ’ एसपी बस्नेतले भने-‘उनीहरु साथी हुन्, मृत्युको कारणबारे अनुसन्धान गरिरहेका छौं ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टिम घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।

तालिमप्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेले बताए ।शुक्रवार खहरेस्थित जंगलमा डाँडा वारी-पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई बताए अनुसार उनीहरु बिहिबार बिहान १० बजेबाट हराएका थिए ।

शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।रातोपाटी

 

प्रकाशित मिति: Mar 19, 2021

प्रतिक्रिया दिनुहोस्