Logo
३० श्रावण २०८२, बिहीबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : भिटामिन ‘ई’का फाईदा र यसका श्रोत !

हाम्रो मानव शरीरको लागि आवस्यक भिटामिनहरुमा ए,बि१, बि२, बि३, बि५, बि६, बि९, बि१२ सी, डि, इ र के रहेका छन्। हामी स्वास्थ्य रहनका लागि हाम्रो शरीरमा यी सबै भिटामिनको आवश्यक्ता पर्छ।

सामान्यतया हामीले मोटोपन अथवा चिल्लो बढाउने चिन्ताले भिटामिन ई को प्रयोग कम गर्ने गछौं तरयो हाम्रो शरीरको लागि एकदम महत्वपूर्ण हुने गर्छ । यसको सही तरिकाले प्रयोग गर्न जान्यौँ भने यसले बिभिन्न रोगबाट बचाउँछ।

 

भिटामिन ‘ई’का फाइदा

भिटामिन इ एक घुलनशील भिटामिन हो। यसका धेरै प्रकारका रुप हुन्छन्। शरीरका लागि सबै भन्दा बढी उपयोगी भिटामिन भनेको ‘अल्फा कोटोफेरल’ मानिन्छ। यसले शरीरमा बिकार उत्पादन हुन दिँदैन्। मानिसमा दैनिक १५ मिलिग्राम भिटामिन ‘ई’ को आवस्यक्ता रहन्छ।

भिटामिन ‘ई’ ले मुटु सम्बन्धी रोगलाई निको पार्न मदत गर्छ। यसले आँखा सम्बन्धी रोग लाग्न नदिन पनि सहयोग गर्ने गर्छ।भिटामिन ‘ई’ अल्जाइमरको बिरामीका लागि पनि उत्तम आहार बन्न सक्छ।

भिटामिन ‘ई’ का श्रोतहरु

एभोकाडो

एभोकाडोमा भरपूर्ण मात्रामा पौष्टिक तत्व पाइन्छन्। जसमध्ये भिटामिन ‘ई’ एक हो। १०० ग्राम एभोकाडोमा १४ प्रतिशत भिटामिन ‘ई’ पाइन्छ।

बदाम

१०० ग्राम बदाममा २५.६ मिलिग्राम भिटामिन ‘ई’ हुन्छ।

नेपाली बदाम (मुङ्गफली)

‘स्नेक्स’का रुपमा प्रयोग गरिने १०० ग्राम नेपाली बदाममा ४४ प्रतिशत भिटामीन ‘ई’ पाइन्छ।

सूर्यमुखी फूलको बिउ

सूर्यमुखीको बिउ भिटामिन ‘ई’को राम्रो श्रोत मानिन्छ। यसमा १०० ग्राम सूयमुखीको बिउमा ३५.७ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।

पालुँगो

सबै भन्दा कम क्यालोरीको तरकारीको रुपमा पालुँगोलाई लिने गरिन्छ। यसमा भिटामिन ‘ई’का साथसाथै ए, सी, र के पनि प्रश्स्त पाइन्छ।

मस्यौराको तेल(स्वयाबिन)

सय ग्राम रिफाइन्ड स्वयाबिन तेलमा ८.८ मिलिग्राम भिटामिन ‘ई’ पाइन्छ।

ब्रोकाउली

ब्रोकाउली प्रोटिनको राम्रो स्रोत हो । साथै यसमा भिटामिन(ई पनि भरपुरमात्रामा पाइन्छ । ब्रोकाउलीको सेवनले हाम्रो शरीरमा रहेको खराब कोलेष्ट्रोल पनि कम गर्न सहयोग गर्दछ ।

यदि तपाई ब्रोकाउलीलाई सुप बनाएर या सलादका रुपमा पनि खान सक्नुहुन्छ । उमालेर खाएको ब्रोकाउली स्वास्थ्यका लागि अत्यन्तै फाईदाजनक हुन्छ । यदि ब्रोकाउलीलाई कम तापमानमा पकाएर खाएमा यसमा रहेको पोषकत्व हराउँदैन । स्वास्थ्य पत्रपत्रिका

 

 

प्रकाशित मिति: Mar 19, 2021

प्रतिक्रिया दिनुहोस्