Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ ।बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्