Logo
४ असार २०८२, बुधबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिवर्तन उल्ट्याउन खोजियो र त्यसलाई परास्त गर्न एउटा क्रान्ति गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले परिवर्तन उल्ट्याउन खोजिएको भन्दै त्यसलाई परास्त गर्न क्रान्ति गर्नुपर्ने बताएका छन् ।

बुटवलमा दलित पत्रकार महासंघको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै उनले क्रान्ति हिंसात्मक नभइ शान्तिपूर्ण रहने बताए । देशमा प्रतिगामी सलबलाएको र देशलाई अनिष्टमा धकेल्न प्रयत्न भएको प्रचण्डको भनाइ रहेको छ।

दाहालले भने ‘फेरि विद्रोह गर्नुपर्ने, फेरि हिंसामा जानुपर्ने कुरा गरेको होइन। कोहीकसैलाई भ्रम नपरोस्, हामीले लडेर स्थापित गरेका मान्यताहरु, प्रणालीहरुलाई कुनै प्रतिक्रियावादी तत्वहरुले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण ढंगले एउटा क्रान्ति गर्नुपर्छ भनेर भनेको हुँ, ।’

शान्तिप्रक्रियाको एक हस्ताक्षरकर्ता ममाथि चारैतिरबाट प्रहार भएको उनले बताए । तर संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाउन गणतन्त्र विरोधीलाई पररास्त गर्नुपर्ने उनको भनाइ रहेको छ ।

 

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्