जसपासँग आजै सत्तासमिकरण हुने, देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
नेकपा एमालेले जनता समाजवादी पार्टीसँग सत्ता सम्झदारी गर्ने भएपछि नेपाली काँग्रेस पनि सक्रिय देखिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।
अपरान्ह ३ बजे पार्टीको आन्तरिक बैठक डाकेका हुन् । बैठकमा उनले आफूले चाल्न लागेको भावी नीतिबारे ब्रिफिङ गर्नेछन् । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई ब्रिफिङ गरी सुझाव लिएलगत्तै देउवाले जनता समाजवादी पार्टीको नेतृत्वसँग भेटवार्ता गर्दैछन् ।
उनले अपरान्ह ४ बजे जसपासँगको बैठक बोलाएका हुन् । देउवा प्रधानमन्त्रीको दौडमा रहँदा सत्तासमिकरणका लागि जसपासँग कुराकानी गर्न लागेको बुझिएको छ ।
पछिल्लो समय जसपा प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तानातानमा परेको छ ।
जसपाले सरकारमा जस्लाई समर्थन गर्छ उसैको सरकार बन्न सक्छ । जसपाभित्र ओली सरकारलाई समर्थन गर्ने या नयाँ सत्ता समिकरण बनाएर जानेबारे मतभेद छ ।