Logo
४ असार २०८२, बुधबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश संकटमा फसेको बेला दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै भट्टराईको असन्तुष्टि

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश गम्भिर संकटमा फसेको बेलामा दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

भट्टराईले बिहीबार ट्विट गर्दै देश गम्भीर संकटमा परेको बेलामा दलहरु सत्ता प्राप्तिमा लागेको भन्दै असन्तुष्टि व्यत गर्नुका साथै नेता र दलको भूमिका अपेक्षित नभएको प्रतिक्रिया दिएका छन् ।

भट्टराईले यो मुसादौड (सत्ता प्राप्ति) मा जसपा नभएको दावी गरेका छन् । भट्टराइले अदालतको कृपाले अलि-अलि लाज बचेको भएपनि उही म्युजीकल चेयरको खेलमा लाग्नु दुखद भएको बताए ।

म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिनेमा दल तथा नेताहरु लाग्नुपर्ने उनको भनाइ छ ।

भट्टराईले जसपा सत्ताको दौडमा नरहेको दावी गरेपनि जसपा र सरकारबीच सत्ता साझेदारी गर्ने विषयमा औपचारिक र अनौपचारिक वार्ता भइरहेको छ ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सत्ता गठबन्धनका विषयमा बिहीबार प्रधानमन्त्रीसँग लामो वार्ता गरेका थिए । जसपा र सरकारबीच सत्तागठबन्धनमा विषयमा आज पनि छलफल हुँदैछ ।

 

 

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्