Logo
८ असार २०८२, आईतबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म छाड्नेवाला छैन, एकपटक फेरि क्रान्तिमा जान्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार पार्टीनिकट स्वास्थ्यकर्मीको कार्यक्रमलाई पेरिसडाँडा कोटेश्वरमा सम्बोधन गर्दै आफूहरुले अझै लड्नुपर्ने अवस्था आएको बताएका छन् । साथै आफू फेरि क्रान्तिमा अगाडि जाने बताएका छन् ।

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६-६७ वर्षको भएँ। उमेरले कति दिन्छ छाडिदिनुपर्छ पनि भन्छन्। तर, म छाड्नेवाला छैन’, दाहालले भने, ‘माओ त्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। म एकपटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरू यो कुरामा विश्वस्त रहनुहोस्। म एउटा ब्याटल लडेँ। त्यो जितेँ पनि। अझै हामीले लड्नुपर्छ।’

दाहालले आफ्नै शक्ति र धरातलमा फर्केर अगाडि जान सक्ने बताए। साथीहरू छुट्दै जाँदा कमजोर भएको अनुभूति आफूलाई पनि भएको दाहालले सुनाए।

उनले देशीरविदेशीबाट अहिले षड्यन्त्र भएको भन्दै त्यसलाई परास्त गर्न आफ्नै खुट्टामा र आफ्नै शक्तिको भर पर्नुपर्ने बताए। ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ’, उनले भने।

फेरि दुईरचार वर्ष जनताबीच गएर देशव्यापी अभियान चलाउने उनको भनाइ थियो। उनले अब काठमाडौं छाडेर जनताबीच गएर अभियान चलाउने बताएका थिए।

उनले बिहीबार नै आयोजित अर्को कार्यक्रममा मिलेर सँगै अगाडि बढ्न नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षलाई प्रस्ताव गरे। भने, ‘म शास्त्रार्थका लागि तयार छु, यत्ति भन्न चाहन्छु अहिले। कति दिन बस्नुपर्ने हो, इमानदारीसाथ बसौँ। तपाईंहरूलाई लाग्या होला सबै मैले गुमाइदियो भन्ने। तपाईंहरूले जित्नुभयो भने म पछि लाग्छु।’

नेपाल प्रज्ञा प्रतिष्ठानमा जनयुद्धका सहिद भरत ढुंगानाको स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा दाहालले संविधान बनाउने बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा आफूले नोट अफ डिसेन्ट राखेको कुरालाई स्मरण गर्नुपर्ने र कसैले पनि त्यसलाई भुल्न नहुने बताए। अन्नपूर्ण पोस्ट् दैनिकबाट

 

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्