Logo
१२ बैशाख २०८१, बुधबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडामा मिस मकवानपुर सिजन-३ प्रतियोगिता हुने

बागमती प्रदेशको राजधानी हेटौँडामा मिस मकवानपुर सिजन-३ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी विसं २०७८ जेठबाट अडिसन शुरु भई भदौमा ग्राण्ड फाइनल गरिने योजना छ ।

कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालि एवं स्पाक्लिङ सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन-३ हुन लागेको आयोजकले जनाएको छ ।

संयुक्त आयोजनामा हुन लागेको मिस मकवानपुर सिजन-३ प्रतियोगिता भिडियो जिङ्गल शिक्षाविद् तथा समाजसेवी पुरनबहादुर जोशीले सार्वजानिक गर्दै आवेदन खुला गरिएको कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रालिका सञ्चालक सुजन श्रेष्ठले बताए ।

विजेता हुनेलाई हेटौँडा स्कूल अफ म्यानेजमेन्टको ब्राण्ड एम्बेसडरका रूपमा एक वर्ष रहने गरी नियुक्त गरिने जोशीले बताए ।

प्रतियोगिताको उपाधि विजेताले चाँदीको ताज र एक लाख तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै तृतीय हुनेले २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् भने भ्युवर्स च्वाइसले २० हजार प्राप्त गर्नेछन् ।प्रतियोगितामा सहभागिता जनाउन १६ वर्ष पूरा भई २४ वर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताइएको छ ।

यस्तै सहभागीको उचाइ कम्तीमा पाँच फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसइई उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब २८ लाख खर्च हुने जनाइएको छ । यसअघि स्पाक्लिङ सिजले मिस मकवानपुर २०१८ एवं कलिउड सुपर डान्स एण्ड फिटनेसले मिस कलिउड २०१९ आयोजना गरिसकेका छन् ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्