Logo
८ असार २०८२, आईतबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेको केन्दीय कमिटीको बैठक बस्ने भएको छ । बैठक चैत १ गते बस्ने तयारी भइरहेको एमालेका नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइ दिएपछि यो एमालेको केन्द्री कमिटीको पहिलो बैठक हो ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी कमिटी बैठक बस्ने भनेको पार्टीले पर्याप्त तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो ।

दुई धारमा विभाजित एमालेका नेताहरु एक ठाउँमा आएपछि केन्द्रीय कमिटी बैठकको तयारी गरिएको नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

एमाले ब्युँतिएपछि पनि पार्टीका नेताहरुबीच छलफल भने हुन सकेको छैन् । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली पक्षको स्पष्ट बहुमत छ । ओली पक्षीय नेताहरुले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्