Logo
६ असार २०८२, शुक्रबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ता साझेदारीका लागि आज पनि सरकारले र जसपासँग कार्यदलस्तरमा छलफल गर्ने

file photo

सरकार र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारीका लागि आज पनि कार्यदलस्तरमा छलफल हुने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलस्तरको बैठक बस्ने जसपाले जनाएको छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागेको जसपाले जनाएको छ ।

जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको दुई सदस्यीय कार्यदल बनाएको छ भने सरकारी पक्षको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तामा सरकार पक्षबाट हिजोको छलफलमा नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी भएका थिए भने जसपाकातर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए ।

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहा तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ ।

आफूहरुको मागप्रति सरकार सकारात्मक देखिएको जसपाका नेताहरुले बताएका छन् । सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको छ ।

तर, जसपाले अहिले नै सत्ता समीकरणबारे निर्णय गरिसकेको छैन । पहिले आफूहरुले राख्दै आएको माग सम्बोधन हुनुपर्ने र त्यसपछि मात्रै आफूहरुले सत्ता समीकरणबारे निर्णय गर्ने जसपाका नेताले बताउँदै आएका छन् ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्