Logo
८ असार २०८२, आईतबार
(March 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका शीर्ष नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाँदै

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जसपाका शीर्ष नेताहरू बालुवाटार जाँदै छन् । प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरू आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने तय भएका हो।

प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरू आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने तय भएका जसपा नेता केशव झाले बताएका छन् ।

घीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन् ।

नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जानेछन्। साथै आज बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक राखेको छ। पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको हो।

राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भए पनि संसदीय दलका नेता चुनिएका छैनन्।

प्रकाशित मिति: Mar 11, 2021

प्रतिक्रिया दिनुहोस्