संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ : ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत ल्याउन नसके राजिनामा दिने बताएका छन् ।
आज वीरगञ्जमा प्रस संगठन नेपाल (ओली) समूहले आयोजना गरेको आर्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
पोखरेलले अन्य दलसँग सहकार्य र गठबन्धनको सम्भावना पनि उत्तिकै रहेका बताएका छन । तर राजनीतिक निकास नदिए ताजा जनादेशमा जानुपर्ने अवस्था आउन सक्ने पोखरेलको भनाइ थियो ।
पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै कम्युनिष्ट पार्टीलाई समेटेर अघि बढ्ने बताए ।अर्को एक प्रसंगमा उनले वीरगञ्ज नाकालाई सहज बनाउने र वीरगञ्ज पथलैया छ लेन सडकमा देखिएको समस्या समाधान गर्ने आश्वासन पनि दिए ।