Logo
४ असार २०८२, बुधबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट भएका नेपाल-खनाल असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरे ।

जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्ता साझेदारीबारे हाल कुरा नभएको उनले प्रतिक्रिया दिए ।

यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भएको थियो ।

प्रकाशित मिति: Mar 10, 2021

प्रतिक्रिया दिनुहोस्