संसदमा अब नयाँ खेल सुरु हुन्छ र त्यो विस्तारै देखिदै जान्छ : झलनाथ खानाल
नेकपा एमालेका नेता झलनाथ खानालले अब संसद्मा नयाँ खेल हुने र विस्तारै त्यो खेल देखिदै जाने बताएका छन् । साथै आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।
बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले भने ‘संसद् भवन भनेको सवोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण खेल खेल्ने ठाउँ यही भएकाले त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’
साथै बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं।’ खनालले संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै आफूहरु विधिमा फर्किएको बताए ।
खनालले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त गरे ।