आज पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज (बुधबार)बिहान ११ बजे बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने छ ।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
गत आइतबार सर्वोच्चले गरेको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र यी दुइ पार्टी पूर्व अवस्थामा नै र्फकिएका छन् । साथै हिजो मंगलबार निर्वाचन आयोगले पनि नेकपालाई खारेज गरेको छ ।
अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग भइ आ-आफ्नो पार्टी कार्यलयमा राजनीतिक कार्यक्रम अगाडी बढाएका छन् ।
मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।
मंगलबार बसेको स्थायी कमिटी बैठक सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा मौन थियो । स्रोतका अनुसार नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको छ ।