कांग्रेस र जसपासँग संसद र सरकारबारे वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद र सरकारबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय गरेको छ ।
आज (मंगलबार) दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।