नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।
बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने एक स्थायी कमिटी सदस्य नेताले जानकारी दिएका छन् ।
गत आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो
सर्वोच्चको फैसलासँगै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र व्युँताउने निर्णय गरेका थिए ।