Logo
३ बैशाख २०७८, शुक्रबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिदैँ जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताएका छन् ।

“नेपालको संविधानले लङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ”, उनले सन्देशमा भनेका छन्, “महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता र न्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ ।”

उनले सन्देशमा सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन र क्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् । “सय अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु”, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भनेका छन् ।

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्