Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको देउखुरीमा बससँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँएको थियो ।

प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 8, 2021

प्रतिक्रिया दिनुहोस्