Logo
६ श्रावण २०८२, सोमबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले आफैँले हत्या गरेको संसद्‍मा आफैँले प्रस्ताव राख्‍न मिल्दैन : भीम रावल

नेकपा नेता स्थायी कमिटी सदस्य भीम रावलले सरकार अवैध भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार वैधता नभएको उनले आरोप लगाए।

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए। आइतबारको संसद् बैठकमा बोल्दै उनले भने, ‘सर्वोच्चको अदालतको निर्णयपछि प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठिसकेका छ।’

‘सरकार र प्रधानमन्त्रीको स्थिति स्पष्ट हुनुपर्छ। आफैँले हत्या गरेको संसद्‍मा आफैँले प्रस्ताव गर्न मिल्दैन। त्यसमा हाम्रो आपत्ति छ’ उनले भने।

‘कानुन, संविधानको दृष्टिकोणमा बाट यो सरकार वैध छैन। त्यसलै त्यो सरकारले कुनै कदम अघि चलाउन सक्दैन’ उनले भने।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्