Logo
३ श्रावण २०८२, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठक अगाडी दाहाल-नेपाल समूहका अध्यक्षद्वयले भेटे सभामुखलाई

विभाजित नेकपाका दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड दाहल,माधवकुमार नेपाल र सभामुख अग्नी सापकोटाबीच भटवार्ता भएको छ ।

आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

दाहाल-नेपाल समूहको संसदीय दलको आन्तरिक बैठकपछि दुबै जनाले सभामुख सापकोटालाई भेटेका हुन् ।

प्रतिनिधिसभाको सातौँ हिउँदे अधिवेशन आज  ४ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि संसद् बैठक बस्न लागेको हो ।

राजनीतिक अन्योल कायममै रहेको आवस्थामा आज बस्ने प्रतिनिनिसभाको बैठकलाई आमजनताले चासोको साथ हेरेको पाइन्छ ।

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्