आजदेखि प्रतिनिधिसभाको सातौँ अधिवेशन
प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्दै छ । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो ।
उक्त बैठक आज दिउँसो ४ बजेलाई बोलाइएको छ । हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा रहनेछ ।
यो अधिवेशनले प्रतिनिधिसभामा विचाराधीन विधेयकहरुलाई अघि बढाउन सक्छ ।गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो ।
सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ ।