Logo
१३ बैशाख २०८१, बिहीबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को बीचमा भएको तीन बुँदे सम्झौतालाई स्वागत गरेका छन् ।

सशस्त्र आन्दोलनमा रहेका नेकपा विप्लव समूह शान्ति प्रकृयामा आउनु राम्रो काम भएको बताउँदै यसलाई राजनीतिमा सकारात्मक कदमको रुपमा लिनुपर्ने बताए ।

‘अब देशमा सशस्त्र आन्दोलनको आवश्यकता छैन, शान्तिपूर्ण आन्दोलनले आफ्ना अधिकार प्राप्त गर्न सकिन्छ’ नागरिक टाइम्ससँग कुरा गर्दै उनले भने । अध्यक्ष यादवले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेससँग विभेद गरेको बताए ।

उनले भने, ‘पहाडका लागि एउटा निर्णय मधेशको लागि अर्को निर्णय हुनुहुँदैन, सशस्त्र आन्दोलनमा रहेकालाई मूलधारमा ल्याइएको छ तर शान्तिपूर्ण आन्दोलन गरेका मधेशी नेताहरुलाई मुद्दा लगाइएको छ भने कतिपयलाई थुनामा राखेका छन्, अब उनीहरुलाई पनि छाड्नुपर्छ ।’

यादवले थप भने, ‘थरूहट आन्दोलनमा लगेका रेशम चौधरीलगायत मधेश आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता पनि थुनामा रहेका छन् । उनीहरुमाथि मुद्दा लगाइएको छ ती सबै फिर्ता लिएर थुनामा रहेकालाई रहाई गर्नुपर्छ ।

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्