Logo
११ बैशाख २०८१, मंगलबार
(March 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक जारी

नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ। फाल्गुन २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुन भनेर प्रचण्ड-माधवले बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केपी ओली पक्षले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएको छ।

दाहाल-नेपाल समूहले भट्टराईलाइ ६ महिनाको लगि पार्टीबाट निलम्बन गरेको छ।त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वालाई समेत स्थायी कमिटीबाट छ महिनाको लागी निलम्बन गरेको छ।

सो समूहले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये दाहाल-नेपाल समूहमा ८७ जना सांसद छन्।

ओली समुहमा ८३ जना रहेका छन्। दुई जना सांसद कतै खुलेका छैनन्।

प्रकाशित मिति: Mar 5, 2021

प्रतिक्रिया दिनुहोस्