Logo
३ बैशाख २०७८, शुक्रबार
(March 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको QR भुक्तानी सेवा उपलब्ध

एन आई सी एशिया बैंकले गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा QR भुक्तानी सेवा उपलब्ध गराएको छ ।

नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एन आई सी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा QR भुक्तानी सेवा उपलब्ध गराएको हो ।

यस सन्दर्भमा बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको QR कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ ।

जसमार्फत कम्प्युटरको स्कृनमै QR कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्नुहुनेछ ।

फोन पेमा आबद्ध बैंकका ग्राहक महानुभावहरूले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट QR भुक्तानी सेवा प्रयोग गर्न सकिने छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै QR बाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई Cashless Economy बनाउन सहयोग पुर्‍याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर ४१ हजार भन्दा बढी QR मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

यस बैंकले देभरमा ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान प्रर्दान गर्दै आएको छ ।

 

प्रकाशित मिति: Mar 4, 2021

प्रतिक्रिया दिनुहोस्