प्रचण्ड-माधव समूहलाई साथ दिन कांग्रेस सकारात्मक छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड-माधव समूहलाई साथ दिन कांग्रेस सकारात्मक रहेको बताएका छन् ।साथै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले नदिने बताए।
बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले भने ओलीले संविधान र व्यवस्थालाई जोखिममा पारेको र यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले सपोर्ट गर्न कांग्रेसको नैतिकताले नदिने बताएका हुन् ।
पौडलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखेका छन् ।
दाहाल-नेपाल समूहले ओलीविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावको सन्दर्भ सकिएको बताउँदै पौडेलले अब नयाँ प्रस्ताव तयार हुने बताए ।
कांग्रेससहितको सरकार बन्दा छिमेकी मुलुकलाई कम्फर्टेबल हुने भन्ने प्रचण्डको भनाइबारे प्रतिक्रिया दिँदै पौडेलले अरुलाई नभइ नेपालको सिस्टमलाई ‘कम्फर्टेबल’ हुनुपर्ने बताए ।