Logo
३ भाद्र २०८२, मंगलबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली र नेम्वाङलाई संसदीय दलको नेताबाट हटाउने दाहाल-नेपाल समूहको निर्णय

संसदीय दलको नेताबाट केपी शर्मा ओलीर उपनेताबाट सुवास नेम्वाङलाई हटाउने नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय बैठकले हटाउने निर्णय गरेको छ ।

आज बुधबार बसेको स्थायी कमिटी बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।

यसअघि बसको स्थायी कमिटि बैठकले संसदीय दलको नेता, उपनेता, सचेतक हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो।

उनीहरुलार्य पार्टीको गतिविधि विपरित काम गरेको भन्दै कारबाही गरिएको स्रोतले बताएको छ ।आजकै बैठकले पार्टी गतिविधिविपरीत काम गरेको भन्दै सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्