Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अजय देवगनको कार रोकेर किसानबारे प्रश्न सोध्ने युवक पक्राउ

बलिउड अभिनेता अजय देवगनको कार रोकेर किसान आन्दोलनमाथि प्रश्न सोध्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

समाचार एजेन्सी पिटिआईले एक प्रहरी अधिकारीको भनाई उद्धृत गर्दै पक्राउ पर्ने व्यक्ति २८ वर्षका ड्रायभर राजदीप सिंह भएको जानकारी दिएको छ । उनी मूलतः पञ्जाबका निवासी हुन् ।

ती व्यक्तिले अजय देवगनले कृषि कानूनको विरोध गरिरहेका किसानको समर्थनमा किन केही गरेनन् भन्ने विषयमा प्रश्न सोधेका थिए ।

एक प्रहरी अधिकारीले भने, ‘यो घटना मंगलबार बिहान साढे १० बजे भएको हो । सिंहले गोरेगाँवमा फिल्म सिटी बाहिर अजय देवगनको कारलाई रोके र उनले आन्दोलनकारी किसानको समर्थनमा किन बोलिरहनुभएका छैनन् भनेर जान्न चाहे ।’

अधिकारीका अनुसार अजय देवगनका अंगरक्षक प्रतीप इन्द्रसेन गौतमले प्रहरीमा ऊजुरी दिएपछि सिंहलाई पक्राउ गरिएको हो ।

दिंदोसी थानाका वरिष्ठ इन्स्पेक्टर धर्मेन्द्र कांबलेले पीटीआईसँगको कुराकानीमा सिंहलाई गलत तरिकाले रोकेको, शान्ति भंग गरेको, जानी जानी अपमान गरेको र आपराधिक धम्कीको आरोप लगाइएको छ ।

https://twitter.com/i/status/1366758493546377221 

 

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्