Logo
३ भाद्र २०८२, मंगलबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता सम्पन्न

सरकार र विप्लव समूहबीच बुधबार बिहान पहिलो चरणको औपचारिक वार्ता सम्पन्न भएको छ ।

आज बिहान नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लब ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको बाता सम्पन्न भएको हो ।

आज प्रधानन्त्रीकोसरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए।

वार्ता सकरात्क दिशाउन्मुख रहेको प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाकार राजन भट्टराईले जानकारी दिएका छन् ।वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेतारकार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने भनेको छ।

मंगलबार सरकारले वार्ताका लागि गृहमन्त्री बादलको नेतृत्वमा सरकारी वार्ता टोली र प्रकाण्डको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन गरेको थियो।

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्